काठमाडौं । एमालेका प्रमुख सचेतक ऐन महरले रास्वपा सभापति रवि लामिछानेलाई भारतमा ‘भव्य सम्मान’ दिइएको प्रति कटु टिप्पणी गरेका छन् । रविलाई रेड कार्पेट स्वागत गरेको सुन्दा आफूलाई दशैँको खसीको सम्झना आएको उनले बताए ।
महरलाई सञ्चारकर्मीले रास्वपा सभापतिले भारतले अहिलेसम्मकै ठूलो सम्मान दिएको छ । यसबारे के भन्नुहुन्छ भनी सोधेका थिए ।
महरले जवाफ दिए, ‘मलाई दशैँको खसीको सम्झाना आयो । खसी ल्याएर दुई–तीन दिन मज्जाले घाँस खुवाइन्छ नि । कतै त्यसो पनि गर्न खोजेको हो कि ?’
रास्वपा सभापति लामिछाने भारतीय जनता पार्टीको निमन्त्रणमा पाँच दिन लामो भारत भ्रमणमा छन् । उनलाई आज भाजपा कार्यालयमा पुष्पवृष्टिसहित स्वागत गरिएको थियो ।





प्रतिक्रिया दिनुहोस्