हाइब्रिड नेताले सुख दिएन,हर्कजस्तो अर्गानिक नेतालाई प्रधानमन्त्री बनाऔं – सुदन किराती

श्रम संस्कृति पार्टीको वरिष्ठ नेता सुदन किरातीले हर्क साम्पाङ जस्तो अर्गानिक नेतालाई प्रधानमन्त्री बनाए मात्र देशले गति लिने बताएका छन् । उदयपुरको गाइघाटमा पत्रकार भेटघाट कार्यक्रममा बोल्दै किरातीले  यस्तो बताएका  हुन् ।

वर्षौंदेखि राजनीतिमा सिन्डिकेट लगाएर बसेको नेता पुस्तालाई विस्थापन गर्दै जनताले प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा पुस्तान्तरण गराए पनि प्रतिफल नआएको किरातीले बताए । प्रधानमन्त्री शाहप्रति जनताको ठूलो आशा भएको भए पनि अहिले निराश हुनुपरेको किरातीको तर्क छ ।

किरातीले भने, ‘अब कतैबाट बिजारोपन गरिएको वा हाइब्रिड गरिएको नेता होइन, नेपालकै माटोमा उत्पत्ति भएको अर्गानिक हर्क साम्पाङ जस्तो नेतालाई प्रधानमन्त्री बनाउनुपर्छ । फिल्मी शैलीमा काम गर्ने कोसिस गर्दा आज देश र जनतालाई गम्भीर धोका भएको छ । चमेलीको बोलिदिने कोई छैन भनेर एकाएक उदाएका बालेनले बिनायोजना गरिबमाथि नै डोजर लगायो । राष्ट्रियताको सन्दर्भमा संसदमा उभिएर दिएको अभिव्यक्तिले सिङ्गो कुटनीतिलाई भताभुङ्ग बनायो ।’

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार