१८ जेठ, काठमाडौं । सीमा विवादबारे प्रधानमन्त्री बालेन शाहले दिएको अभिव्यक्तिको विरोधमा नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ (नेविसंघ) ले काठमाडौंमा प्रदर्शन गरेको छ ।
प्रधानमन्त्री शाहले आइतबार प्रतिनिधिसभाको बैठकमा सांसदहरूले राखेका प्रश्नको उत्तर दिने क्रममा नेपालले पनि भारतीय भूमि मिचेको पाइएको बताएका थिए ।
उक्त अभिव्यक्ति राष्ट्रघाती भएको भन्दै उनीहरूले सिंहदरबारको दक्षिणी गेटमा प्रदर्शन गरेका हुन् ।
प्रदर्शनमा नेविसंघका नेताहरू राजकुमार बस्नेत, गौरव पाण्डे, मोहन कालाथोकी, दिनेश कार्की लगायत सहभागी छन्










प्रतिक्रिया दिनुहोस्