भारतले भूमि मागे सरकार के गर्छ ? कांग्रेसको प्रधानमन्त्रीमाथि प्रश्न

काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहको विवादित अभिव्यक्ति फिर्ता नलिएसम्म संसद वैठक अघि बढ्न नसक्ने अडान प्रस्तुत गरेको छ । कांग्रेसका प्रमुख सचेतक निस्कल राईले प्रधानमन्त्रीको अभिव्यक्तिले नेपाली नागरिकको शिर निहुराएको बताए ।

उनले भने, ‘आज सदनमा बोल्दै गर्दा मेरो शिर निहुरिएको छ । हिजो प्रधानमन्त्रीज्यूले छाती चौडा बनाउँदै बोलेको विषयले आज मेरो मात्र होइन, आम नेपाली नागरिकको शिर निहुराएको छ । यो अभिव्यक्ति नजिर बनेर स्थापित भएको छ । यो अभिव्यक्ति फिर्ता नलिएसम्म हामी सदन सञ्चालनमा सहयोग गर्न सक्दैनौँ ।’

उनले भारतले भोली नेपालले मिचेको भनेको जमिन फिर्ता मागेमा कुन दिने भन्ने प्रश्न प्रधानमन्त्रीलाई गरे । राईले थपे, ‘प्रधानमन्त्रीले संसदलाई जानकारी गराउनुपर्छ कहाँकहाँ नेपालले भारतको जमिन मिच्यो । एक एक इन्चको हिसाब चाहिन्छ । भोलि भारतले आफ्नो भूमि फिर्ता चाहिन्छ भन्यो भने कुन जग्गा दिने ?’

सत्तापक्षका सांसदले प्रधानमन्त्रीको अभिव्यक्तिमा परर ताली पड्काएको भन्दै आलोचना गरे । ‘सत्तापक्षका माननीयज्यूहरूले परर ताली पड्काउनुभयो । उहाँहरूलाई पनि अलिकति आत्मग्लानि हुनुपर्छ,’ राईले भने ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार