धनगढी – सुदूरपश्चिम प्रदेश सरकारकी पूर्व आन्तरिक मामिला तथा कानुन मन्त्री पूर्णा जोशी ले बालेन्द्र शाह (बालेन) को पक्षमा खुलेर समर्थन जनाएकी छन्।
सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै जोशीले बालेन शाहको कूटनीतिक क्षमता, नेतृत्व र राष्ट्रप्रतिको प्रतिबद्धताको प्रशंसा गरेकी हुन्। उनले बालेनलाई ‘प्रधानमन्त्री’ भनेर सम्बोधन गर्दै उनको राष्ट्रभक्तिमाथि कुनै शङ्का गर्न नसकिने उल्लेख गरेकी छन्।
जोशीले फेसबुकमा लेखेकी छन्, “सम्माननीय प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को कूटनीतिक चातुर्यता र क्षमताको कल्पना गर्न सकिँदैन। यत्ति बुझे हुन्छ, बालेनले राष्ट्रघात गर्दैनन्, गर्न सक्दैनन्।”
बालेनको समर्थनमा अभिव्यक्ति दिँदै उनले विगतका सरकार र पुराना राजनीतिक नेतृत्वप्रति समेत असन्तुष्टि व्यक्त गरेकी छन्। देशको सीमा सुरक्षा र नदी–नालासँग सम्बन्धित विषय उठाउँदै उनले विगतमा भएका निर्णयप्रति प्रश्न समेत गरेकी छन्।
जोशीको उक्त अभिव्यक्ति सामाजिक सञ्जालमा चर्चाको विषय बनेको छ भने बालेन शाहप्रति उनको खुलेको समर्थनलाई राजनीतिक वृत्तमा चासोका साथ हेरिएको छ।





प्रतिक्रिया दिनुहोस्