काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी निकट कर्मचारी संगठनले प्रधानमन्त्री बालेन्द्र शाहको भूमिबारेको पछिल्लो अभिव्यक्तिलाई राष्ट्रघाती अभिव्यक्तिको संज्ञा दिएको छ ।
नेकपा निकट कर्मचारी संगठन ‘नेपाल राष्ट्रिय कर्मचारी संगठन’ले आइतबार प्रधानमन्त्री बालेनले प्रतिनिधि सभामा नेपाल–भारत सिमा सम्वन्धी व्यक्त गरेको अभिव्यिक्तको विरोध गरेको हो ।
संगठनका अध्यक्ष अम्बादत्त भट्टले अन्तराष्ट्रिय जमिन अतिक्रमण वा कव्जा भनेको के हो ख्याल गरिनुपर्ने बताएका छन् ।
उनका अनुसार कुनै देशले अर्को देशको स्वामित्व कायम रहेको जमिन आपसि सहमती वा कानुनी अधिकार वेगर अनधिकृत रूपमा भौतिक कब्जा गरि आफ्नो सीमाना विस्तार गर्ने कार्यलाइ अन्तर्राष्ट्रिय जमिन अतिक्रमण वा कव्जा भनिन्छ ।
नेपाल–भारत सिमा क्षेत्रमा पर्ने लिम्पियाधुरा, लिपुलेक, सुस्ता लगायतका दर्जनौं ठाउमा भारतीय पक्षवाट एकतर्फी नेपाली भूमि अतिक्रमण वा कब्जा भएको भन्दै उनले प्रधानमन्त्रीले उल्टो कुरा गरेको बताएका छन् ।
उनी भन्छन्, ‘अन्तर्राष्ट्रिय सिमांकनको क्रममा देखिएको जमिन अदल वदल भोगचलन को अवस्थालाई जमिन अतिक्रमण वा कव्जा गरेको व्याख्या देशको जुनसुकै तहको जिम्मेवार व्यक्ति वा संस्थाहरुवाट अभिव्यक्त भए पनि राष्ट्रिय स्वाधीनता, भौगोलिक अखण्डताको वर्खिलाव हुन जान्छ । कोही कसैले पनि यस्ता अभिव्यक्ति दिनु वा त्यसको ढाकछोप गर्नु दुवै कार्य संविधान विरोधी र राष्ट्रघाती कदम हुने छ ।’





प्रतिक्रिया दिनुहोस्