काठमाडौँ । सरकारले पेट्रोलियम पदार्थ लगायतका इन्धनको मूल्य घटाउन सकिने अवस्था नरहेको स्पष्ट पारेको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव कृष्णबहादुर राउतले इन्डियन आयल कर्पोरेसन (आईओसी) ले तोकेको मूल्यअनुसार बिक्री गर्नुपर्ने भएकाले पेट्रोलियम पदार्थ लगायतका इन्धनहरुको मूल्य घटाउन सकिने अवस्था नरहेको प्रष्ट पारेका हुन् ।
मङ्गलबार संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा बोल्दै उनले सरकारले बाध्य भएर उक्त वस्तुहरुको मूल्य बढाउनुपर्ने अवस्था रहेको उल्लेख गरेका छन् ।
सरकारले पेट्रोलियम पदार्थ लगायतका इन्धनको मूल्य घटाउन सकिने अवस्था नरहेको स्पष्ट पारेको छ ।
आम उपभोक्ताहरुले मूल्य वृद्धि नियन्त्रण गर्न सरकारलाई दबाब दिइरहेका छन् । तर, सचिव राउतले अहिले पनि खाना पकाउने ग्यास, पेट्रोल लगायतका वस्तुहरुमा सरकारले घाटामा व्यापार गरिरहेको दाबी समेत गरेका छन् ।
स्वचालित मूल्यमा बिक्री गर्ने भने सरकारले पेट्रोल लगायतका इन्धनहरुको बिक्री गर्दा हालको भन्दा पनि बढी मूल्य पर्न जाने समेत राउतले बताएका छन् । उनले सरकारले उपभोक्ताहरु मारमा नपरुन् भनेर नै स्वाचालित मूल्यअनुसार उक्त वस्तुको बिक्री नगरेको पनि बताएका छन् ।
त्यस्तै, सरकारले हाल नेपाल आयल निगमका कर्मचारीहरुलाई बोनस लिने काम नगरेको पनि स्पष्टिकरण दिएको छ । सचिव राउतले निगम मुनाफामा नभएकाले त्यहाँका कर्मचारीहरुले बोनस खाने अवस्था नरहेको उनले बताएका छन् ।




प्रतिक्रिया दिनुहोस्