श्रम संस्कृति पार्टीका अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य हर्क साम्पाङ राईले प्रधानमन्त्री वालेन्द्र शाहलाई विभिन्न प्रश्न सोधेका छन् ।
साम्पाङले लिपुलेख सीमा विवाद, सुकुम्बासी बस्ती र बजेट निर्माणका विषयमा प्रधानमन्त्रीलाई १० वटाभन्दा बढी प्रश्न सोधेका छन् ।
ती प्रश्न जनताको तर्फबाट भएको उनको भनाइ छ ।
प्रधानमन्त्रीलाई हर्कका प्रश्नहरू :
– नेपालको भू–भाग लिपुलेकहुँदै भारतले कैलाश मानसरोबर जाने बाटो खोलिरहँदा के गरिराखु भएको थियो दार्चुलाको दुम्लिङसम्म बाटो पुराउन नसक्ने नालायक बनेर पारिपट्टी सीमा नदी महाकाली मिचेर भारतले बाटो बनाएर किनारैकिनार लगिरहँदा किन रोक्नु भएन ?
– अब सो बाटो सम्पन्न गरेर नाका संचालनको चरणमा पुगिसकेको योबेला एउटा कुटनीतिक नोट मात्रै पठाएर कर्मकाण्डी सरकारी औपचारिकता पूरा गरेर मात्रै हुन्छ ? सो विषयलाई संवादमा ल्याउन वार्ता टोली बनाएर वार्ता सुरु गर्नु पर्दैन ?
– चीन, भारत, नेपाल र यूएनलाई राखेर चारैपक्षबीच वार्ता गरेर सीमा जोगाउनतिर लाग्नु ! सेनालाई सिमानामा खटाउनु ! मन्त्रीको गाडीको ढोका खोल्ने काममा होइन, व्यक्तिगत पाले बनाएर राखे होइन सीमा रक्षकको रूपमा सेनालाई खटाउनु पर्दैन ?
– सुकुम्बासी बस्ती भत्काउन जाँदा लाने होइन त्यता ! सिमानामा पठाउनु । सिमानामा सेना नभएकै कारण सिमाना मिचिएको छ ! सुकुम्बासी बस्तीमा व्यस्त डोजरहरू रोशीखोलालगायतका देशका विभिन्न स्थानहरूमा बाढीले भत्काएको बाटो खोल्न र तत्काल विपद व्यवस्थापन गर्न पठाउनु पर्दैन ?
– विदेशी ऋण लिएर देश डुबाउने कार्य तुरुन्तै रोक्नु । देशको अर्थतन्त्र सुधार गर्न नसक्नेले राज्य संचालन गर्न सक्छ ?
– राज्यलाई सन्तुलनमा राखेर संचालन गर्न नसक्ने नजान्ने हो भने राजिनामा दिएर मार्ग प्रसस्त गर्नु पर्दैन ?
– गरिबको बास भत्काएर विजोग बेहाल स्थितिमा राख्नु हुँदैन नै न्याय हो ? सबैको चित्त बुझाएर समाधानको बाटोमा लाग्नु पर्छ कि नाई ?
– बजेट बनाउने क्रममा सबै पार्टीका सांसदहरूको क्षेत्रगल जनताका समस्या र सेवासुविधालाई सम्बोधन गर्दै बजेट बनाउनु पर्दैन ? कि राज्यको ढुकुटी तपाइँको मात्रै हो ? लुकेर भागेर समस्या समाधान हुन्छ ? पत्रकारहरूको उत्तर दिने गर्नु पर्दैन ?
– जनतालाई सरकारले के गर्दै छ भन्ने जानकारी हुनुपर्छ कि पर्दैन ?
पत्र :





प्रतिक्रिया दिनुहोस्