मन्त्री चौधरीद्वारा निकुञ्जको अनुगमन

भक्तराज जोशी

अविनाश चौधरी

धनगढी, वैशाख २१ गते । कृषि तथा पशुपक्षी विकास एवं वन तथा वातावरणमन्त्री गीता चौधरीले आज शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको अनुगमन गर्नुभएको छ । 

निकुञ्जको वर्तमान अवस्थामा भइरहेको संरक्षण सम्बन्धी गतिविधिको बारेमा जानकारी लिनका लागि उहाँले अनुगमन गर्नुभएको हो ।

त्यस क्रममा मन्त्री चौधरीले मानव–वन्यजन्तुबिचको द्वन्द्व न्यूनीकरणमा थप ध्यान दिन निकुञ्ज कर्मचारीलाई निर्देशन दिनुभयो । यसैगरी पर्यापर्यटनमार्फत जनताको आयआर्जनमा वृद्धि गर्नतर्फ पनि निकुञ्जले विशेष जोड दिन आवश्यक रहेको उहाँले औंल्याउनुभयो ।

 निकुञ्ज कार्यालय प्रमुख चन्द्रशेखर चौधरीले निकुञ्ज प्रशासनले मानव वन्यजन्तु द्वन्द्व न्यूनीकरण, वन्यजन्तुको बासस्थान व्यवस्थापन, चोरी सिकार नियन्त्रण, समस्याग्रस्त वन्यजन्तुको उद्धार लगायतका कार्यहरू प्रभावकारी ढङ्गले गरिरहेको जानकारी गराउनुभएको थियो ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार