सागर ढकालले लिए केन्द्रीय सचिवालय सदस्यको शपथ

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सागर ढकालले केन्द्रीय सचिवालय सदस्यको रूपमा शपथग्रहण गरेका छन् । पार्टी सभापति रवि लामिछानेले आइतबार ढकाललाई पद तथा गोपनियताको शपथ खुवाएका हुन् ।

आइतबार नै पार्टी सचिवालय बैठक बस्दैछ । पार्टी सभापति लामिछानेले पार्टी कार्यालय वनस्थलीमा बस्ने गरी बैठक बोलाएको प्रवक्ता मनिष झाले जानकारी दिए । 

बैठकमा स्थानीय तह उम्मेदवार छनोट रूपरेखा र महाधिवेशन कार्यविधि २०८३ सम्बन्धमा छलफल हुने बताइएको छ । साथै संसदीय दलको विधान संशोधन तथा समसामयिक विषयममा छलफल हुने प्रवक्ता झाले जानकारी दिए । 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार