सार्वजनिक बिदाका बीच भोलि सर्वोच्च अदालत खुल्ने, बन्दी प्रत्यक्षीकरणको सुनुवाइ हुने

काठमाडौं । शुक्रबारदेखि लगातार तीन दिन सार्वजनिक बिदा परे तापनि सर्वोच्च अदालतले बन्दी प्रत्यक्षीकरणको रिट सुनुवाइका लागि विशेष व्यवस्था गरेको छ ।

सर्वोच्च अदालत प्रशासनले बिहीबार (बैशाख १७ गते) एक सूचना जारी गर्दै बैशाख १८ गते शुक्रबारका दिन बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ गर्न अदालत खुला रहने जानकारी दिएको हो ।

सूचना अनुसार बैशाख १८ गतेदेखि २० गतेसम्म लगातार सार्वजनिक बिदा परेको र सो अवधिमा अदालत बन्द रहने भए तापनि न्याय प्रशासन ऐन, २०७३ को दफा २६ बमोजिम यो व्यवस्था गरिएको हो । भोलि शुक्रबार बिहान ११:०० बजेदेखि अपराह्न ३:०० बजेसम्म सर्वोच्च अदालतको इजलास खुला रहनेछ ।

नागरिकको व्यक्तिगत स्वतन्त्रतासँग जोडिएको बन्दी प्रत्यक्षीकरणको रिटमा सार्वजनिक बिदाका दिन पनि सुनुवाइ गर्ने कानुनी प्रावधान र परम्परा अनुसार सर्वोच्चले यो निर्णय गरेको हो । अन्य नियमित मुद्दाहरूको सुनुवाइ भने बिदा सकिएपछि मात्र सुचारु हुनेछ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार