धनगढी । पश्चिमी वायु, स्थानीय वायु तथा पूर्वी भूभाग नजिक बनेको न्यून चापीय क्षेत्रको प्रभावका कारण आज धनगढीसहित सुदूरपश्चिम प्रदेशमा मौसम बदली रहने भएको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसोदेखि धनगढी क्षेत्रमा हावाहुरीसहित वर्षा हुने सम्भावना रहेको छ। प्रदेशका पहाडी तथा हिमाली भूभागमा चट्याङ्गसहित मध्यम वर्षा र उच्च स्थानमा हिमपातसमेत हुन सक्ने जनाइएको छ।
विशेषगरी सुदूरपश्चिमका केही स्थानमा हावाहुरीको प्रभाव देखिन सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको छ। यस्तै, तराई क्षेत्र धनगढीमा पनि बेलुकीतिर हावाहुरीसहित पानी पर्ने सम्भावना उच्च रहेको महाशाखाले जनाएको छ।
रातिको समयमा पनि मौसम पूर्ण रूपमा खुल्ने सम्भावना कम रहेको र बदलीसँगै वर्षा जारी रहन सक्ने अनुमान गरिएको छ।
मौसममा अचानक परिवर्तन आउन सक्ने भएकाले सर्वसाधारणलाई सुरक्षित रहन तथा आवश्यक सावधानी अपनाउन अनुरोध गरिएको छ।




प्रतिक्रिया दिनुहोस्