काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका नेता डा. भीम रावलले सुदूरपश्चिम प्रदेशको इन्चार्ज तोकिएको विषयमा असन्तुष्टि जनाएका छन्। उनले आफूलाई जिम्मेवारी दिने निर्णयबारे पूर्वपरामर्श नगरी सार्वजनिक गरिएको भन्दै आपत्ति व्यक्त गरेका हुन्।
उनका अनुसार पार्टीले अधिकांश प्रदेशमा युवा पुस्तालाई नेतृत्व दिँदा सुदूरपश्चिममा भने पुरानै पुस्तालाई जिम्मेवारी दिनु सन्तुलित निर्णय नभएको देखिन्छ। सुदूरपश्चिममा पनि युवा नेतृत्वलाई अगाडि ल्याउनु उपयुक्त हुने उनको धारणा छ।
पार्टीको कार्यसंयोजक समितिले हालै सातै प्रदेशका इन्चार्ज तोकेको थियो। जसअनुसार कोशीमा राजेन्द्र राई, मधेशमा महेन्द्र राय यादव, बागमतीमा गङ्गालाल तुलाधर, गण्डकीमा श्रीनाथ बराल, लुम्बिनीमा चक्रपाणि खनाल, कर्णालीमा चन्द्रबहादुर शाही र सुदूरपश्चिममा भीम रावललाई जिम्मेवारी दिइएको छ।
पार्टीभित्र कार्यविभाजनलाई लिएर असन्तुष्टि चर्किँदै गएको बताइएको छ। अब इन्चार्जसँगै संयोजक, प्रतिष्ठान तथा विभाग प्रमुख टुंग्याउने तयारी भइरहेको छ। संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधव नेपालले अन्तिम निर्णयका लागि गृहकार्य अघि बढाइरहेका छन्।




प्रतिक्रिया दिनुहोस्