काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (हर्क साम्पाङ) ले सर्वसाधारणका घर भत्काउने कार्यप्रति कडा आपत्ति जनाएका छन्।
सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै उनले धनीपूर्जा वा विभिन्न बहानाको आधारमा नागरिकलाई बेघर बनाउने गतिविधि स्वीकार्य हुन नसक्ने स्पष्ट पारेका हुन्। “जनताको बासस्थान भत्काएर बेघर बनाउने काम कुनै पनि हालतमा उचित ठहरिन सक्दैन,” उनले उल्लेख गरेका छन्।
उनका अनुसार वर्तमान परिस्थितिमा राज्य र नेतृत्वले जनताको पक्षमा उभिनु अत्यन्त आवश्यक छ। पीडामा परेका नागरिकप्रति संवेदनशील बन्नु नै सही राजनीतिक दृष्टिकोण भएको उनले बताएका छन्।
हर्क साम्पाङले ‘हर्कवाद’ को अर्थ स्पष्ट पार्दै अरूको दुःखमा साथ दिने, सहयोग गर्ने र आवश्यक परे संघर्षमा उत्रिने सोच नै आफ्नो सिद्धान्त रहेको बताए।




प्रतिक्रिया दिनुहोस्