धितोपत्र बोर्ड अध्यक्ष नियुक्तिका लागि आवेदन खुल्यो

१५ वैशाख, काठमाडौं । नेपाल धितोपत्र बोर्डको अध्यक्ष पद नियुक्तिका लागि आवेदन खुलाइएको छ । बोर्ड अध्यक्ष नियुक्तिका लागि सरकारले गठन गरेको सिफारिस समितिले सार्वजनिक सूचना जारी गरी अध्यक्ष पदका लागि आवेदन माग गरेको हो । यसअघि वैशाख ४ गते बोर्ड अध्यक्षबाट सन्तोष श्रेष्ठले राजीनामा दिएका थिए ।

बोर्ड अध्यक्षमा आवेदन दिन चाहनेले ७ दिनभित्र अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखा, सिंहदरबारमा अवस्थित समितिको सचिवालयमा व्यक्तिगत विवरण पेश गर्न सक्नेछन् ।

योग्यताका हकमा मान्यताप्राप्त विश्वविद्यालयबाट स्नातकोत्तर उपाधि हासिल गरेको, धितोपत्र बजार व्यवस्थापन, पूँजी बजार विकास, आर्थिक वित्तीय, वाणिज्य व्यवस्थापन वा कानुन क्षेत्रमा कम्तीमा ७ वर्ष काम गरेको हुनुपर्नेछ ।

त्यस्तै ३० वर्ष पूरा भई ६५ वर्ष ननाघेको हुनुपर्नेछ । भ्रष्टाचारजन्य, सम्पत्ति शुद्धीकरण, मानव बेचविखन, लागु औषध कारोबार लगायतका फौजदारी कसुर पाएका व्यक्ति अध्यक्ष पदका लागि अयोग्य हुने छन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार