माइतीघरको लफडामा शोभा र महेशको आ–आफ्नै दाबी

काठमाडौँ । नेकपा एमाले सचिव महेश बस्नेतकी पत्नी अम्बिका बस्नेत र शोभा पाठकबिच भुतलाभुतल भएपछि पाठक र महेश दुवैले एक अर्कालाई आरोप लगाएका छन्। 

सोमबार दिउँसो माइतीघरमा दुई महिला पाठक र बस्नेतबिच हात हालाहाल र भुतलाभुतल भएको थियो । घटनापछि प्रहरीले दुवैलाई नियन्त्रणमा लिएको थियो। 

घटना लगत्तै पाठकले महेश बस्नेतकी श्रीमती र नेकपा एमालेका कार्यकर्ताले आफूमाथि आक्रमण गरेको बताएकी छन् । ‘म माइतीघर मण्डलामा बसिरहेको बेला न्यायप्रेमी पत्रकार र आमाबुवा दाजुभाइ दिदीबहिनीलाई अनुरोध गर्न चाहन्छु। मेरो ज्यान मार्न आएको त्यो जमातलाई प्रहरी परिसर प्रमुख एमाले निकट भएको कारणले मलाई शङ्का छ’, पाठकले भनेकी छन्, ‘म यतिबेला ट्रमा सेन्टरमा छु।’

2

त्यस्तै एमाले सचिव महेश बस्नेतले आफू र आफ्नो परिवारमाथि गरिएको साइबर अपराधविरुद्ध उजुरी दिन साइबर ब्युरो जाने क्रममा माइतीघर क्षेत्रमा भएको भिडभाड झ्यालबाट हेर्दै गर्दा त्यहाँ उपस्थित केही व्यक्तिहरू केटा मान्छेले आफ्नी श्रीमतीसहित केही महिलालाई गालीगलौज र हातपात गरेको बताएका छन् । 

‘उल्टै, मेरो श्रीमतीसहित आठ जनालाई  प्रहरीले गिरफ्तार गरेको छ’,बस्नेतले सामाजिक सञ्जालमा भनेका छन्,‘यस घटनालाई केही सञ्चार माध्यमहरूले गलत ढङ्गले प्रस्तुत गर्दै भ्रामक प्रचार गरिरहेका छन्, जुन अत्यन्तै दुःखद र आपत्तिजनक छ ।’

1

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार