मूल्यवृद्धि रोक्न कांग्रेसको माग

पेट्रोलियम पदार्थको मूल्यवृद्धिका कारण बजारमा अचाक्ली महँगी बढेको भन्दै नेपाली कांग्रेसले चिन्ता व्यक्त गरेको छ। 

पार्टीका प्रवक्ता देवराज चालिसेले सिमानाकामा भएका कठिनाइ र पेट्रोलियमको मूल्य वृद्धिका कारण सामान्य नागरिकको चुलो र दैनिक जीवन प्रत्यक्ष प्रभावित भएको बताएका हुन्।

बजारमा रहेका कृत्रिम अभाव र मूल्यवृद्धिलाई कडाइका साथ अनुगमन गर्न उनले सरकारको ध्यानाकर्षण गराए।

प्रवक्ता चालिसेले भदौ २३ र २४ गते भएको जनधनको क्षतिको सन्दर्भमा सरकारको मौनतामाथि प्रश्न उठाए। जनतालाई विश्वास लाग्ने गरी अनुसन्धान समिति बनाउन बारम्बार माग गरिरहेको स्पष्ट पारे। 

सुकुम्बासी समस्याको समाधानबारे बोल्दै चालिसेले कुनैपनि नागरिक बेघर हुन नहुने बताए। संविधानले प्रदत्त गरेको गाँसबास, खाद्य सुरक्षा र रोजगारीको अधिकार संरक्षण गर्नु सरकारको अभिभावकीय दायित्व भएको उनको तर्क छ।

यद्यपि, गैरकानूनी र अतिक्रमित क्षेत्रबारे सरकारको आफ्नै क्षेत्राधिकार भएपनि जनताको आधारभूत स्वतन्त्रता र अधिकारको रक्षा हुनुपर्नेमा उनले जोड दिए।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार