सरकारका प्रवक्ता भन्छन्- त्रिवि क्रिकेट मैदान हटाउँदैनौँ

काठमाडौं । सरकारका प्रवक्ता शिक्षामन्त्री सस्मित पोखरेलले त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान नहट्ने बताएका छन् । मन्त्रिपरिषद्को बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै खेल मैदान खाली गर्ने सरकारको कुनै उद्देश्य नभएको बताए ।

उनले भने, ‘त्यसबारेमा मेरो त्रिभुवन विश्वविद्यालयका उपकुलपतिसँग बैठक भएको थियो । खाली गराउने त्यस्तो कुनै उद्देश्य छैन । लिज सम्झौता सकिएको हुनाले त्यसलाई फेरि नयाँ ढङ्गले गर्नुपर्ने छ, त्यसैले सकारात्मक कुराकानी भएको छ ।’

उनले राज्यको ठूलो लगानी भएकाले खाली नहुने बताए।

उनले सरकारको ३० दिनको कामबारे आफूले मूल्याङ्कन गरिरहेको समेत बताएका छन् । ३० दिनमा गर्ने काम लगभग अघि बढिसकेको भन्दै १०० दिनमा गर्ने कामको दिशामा पनि उन्मुख भएको पोखरेलको भनाइ छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार