सुकुम्बासीमा डोजर प्रहार, हर्कको आक्रोश सरकार बेकार

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह नेतृत्वको सरकार असफल भएको आरोप लगाएका छन्। सोमबार एक स्टाटस लेख्दै उनले गरिबको गाँस खोस्ने र बास भत्काइदिने सरकार सफल नहुने बताएका हुन्।

प्रतिनिधिसभाका सांसदसमेत रहेका उनले सुकुम्बासी बस्तीको एक तस्बिर सेयर गर्दै लेखेका छन्, ‘रास्वपा बालेन सरकार असफल भैसकेको छ। अब अवसान मात्रै बाँकी छ। त्यो सरकार जसले गरीबको गाँस खोस्छ र बास भत्काइदिन्छ त्यो असफल सरकार हो। यो तस्बिरले हजारौँ शब्दहरु बोलिरहेका छन्। गरीबलाई लात हान्ने प्रवृतिको कुनै पनि हालतमा पुष्टी गर्न सकिन्न।’

यस्तै, उनले चुनौती दिँदै भनेका छन्, ‘करोडौँ अरबौँ भ्रष्टाचार गरी गरी महल बनाएर मस्त निदाउनेहरुलाई मेरो चुनौती छ। गरीबलाई सास फेर्न सक्ने वातावरण बनाएर देखाऊ। यो गरीबलाई दमन गर्न हजारौँ प्रहरी र सेना देखाउने सरकार लोकतान्त्रिक सरकार हुँदै होइन।’

उनी अगाडि लेख्छन्, ‘चुप चाप घण्टीमा छाप भन्दै भोट माग्ने र दिनेहरु अब चुपचाप सामान बोकी टाप दिन पर्दाको विजोगलाई म कुनै पनि हालतमा अनुमोदन गर्न सक्दिन। गरीबको दु:ख नदेख्ने आँखा। गरीबको घाऊमा मलहम लगाउन नसक्ने हात र गरीबको पिडा बोल्न नसक्ने ओठको केही काम छैन। सबैलाई यो बेला सरकारको जमेर विरोध गर्न आह्वान गर्दछु।’

एक अर्को पोस्टमा उनले देश गरीबको पनि भएको भन्दै ‘सुकुमबासी तथा अव्यवस्थित बसोबासी एकता अभियान’ चलाउने संकेतसमेत दिएका छन्।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार