राष्ट्रपति पौडेल गृहजिल्ला तनहुँ जाँदै, ‘भानु साहित्य उद्यान’ शिलान्यास गर्ने

१४ वैशाख, काठमाडौं । तनहुँको चुँदी रम्घामा ‘भानु साहित्य उद्यान’ आज शिलान्यास हुँदैछ । राष्ट्रपति रामचन्द्र पौडेलले भानु नगरपालिका ४ मा उद्यान शिलान्यास गर्न लागेका हुन् । त्यसका लागि उनी आज ११ बजेपछि तनहुँ जाने कार्यक्रम छ ।

नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको जन्मभूमि चुँदी रम्घालाई नेपाली भाषा र साहित्यको अन्तर्राष्ट्रिय केन्द्र बनाउने लक्ष्यसहित ‘भानु साहित्य उद्यान’ निर्माण गर्न लागिएको हो ।

तत्कालीन अर्थमन्त्री वर्षमान पुनले २०८१ सालमा सार्वजनिक गरेको बजेट वक्तव्यमा तनहुँको चुँदी रम्घामा सबै नेपाली भाषाभाषीका मूर्धन्य स्रष्टाको प्रतिमा र सप्तधामसहितको भानु साहित्य उद्यान स्थापना गरिने उल्लेख छ ।

नगरपालिकाका प्रवक्ता ईश्वरबहादुर घिमिरेका अनुसार सरकारले विनियोजन गरेको २० करोड रुपैयाँ बजेटबाट पहिलो चरणको निर्माण कार्य सुरु हुन लागेको हो ।

गुरुयोजना अनुसार उद्यानभित्र पहिलो चरणमा आधुनिक ‘भानु भवन’ निर्माण हुनेछ । क्रमश: सातै प्रदेशका प्रमुख धार्मिक एवं सांस्कृतिक सम्पदाका नमूना र नेपाली साहित्यका मूर्धन्य व्यक्तित्वहरूको सालिक पनि स्थापना गर्ने योजना छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार