काठमाडौं । साताको कारोबारको पहिलो दिन आइतबार सुनको मूल्य बढेको छ । कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला २७ सय रुपैयाँले बढेको हो ।
कारोबारको अघिल्लो दिन प्रतितोला दुई लाख ९६ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज २७ सय रुपैयाँले बढेर दुई लाख ९९ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको छ ।
HIGHLIGHTSसुनको मूल्य २७ सय रुपैयाँले बढेर दुई लाख ९९ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको छ ।
यता चाँदीको मूल्य ५० रुपैयाँले बढेर प्रतितोला ४९९५ रुपैयाँमा कारोबार भईरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार प्रति १० ग्राम छापावाला सुनको मूल्य दुई लाख ५६ हजार ५ सय १५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य ४२८२.५० रुपैयाँ कायम भएको छ ।




प्रतिक्रिया दिनुहोस्