शान्तिपूर्ण रुपमा सुकुमवासी बस्ती हटाइँदै, २ हजार प्रहरी परिचालन

१३ वैशाख, काठमाडौं । सुकुमवासी बस्ती हटाउन करिब २ हजार प्रहरी परिचालन गरिएको छ ।

काठमाडौैं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका एआईजी ईश्वर कार्कीका अनुसार अहिले शान्तिपूर्ण रुपमा बस्ती हटाउन काम भइरहेको छ ।

‘म आफैं फिल्डमा छु । अहिले शान्तिपूर्ण रुपमा सुकुमवासी बस्ती हटाउने काम भइरहेको छ । आवश्यकता अनुसार सुरक्षाकर्मीको व्यवस्था मिलाएका छौं,’ एआईजी कार्कीले भने ।

शनिबार बस्ती हटाउने क्रममा प्रहरीमाथि नै आक्रमण भएपछि आज भने बाक्लो मात्रामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

प्रहरीका अनुसार करिब २ हजारको हाराहारीमा प्रहरी परिचालन गरिएको छ । अहिले नेपाल प्रहरी, सशस्त्र प्रहरीले समेत बस्तीका बासिन्दाको सामानहरू हटाउन सहयोग गरिरहेका छन् ।

१२ वटा डोजरले अहिले मनोहरास्थित सुकुमवासी बस्तीमा काम गरिरहेको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार