१३ वैशाख, काठमाडौं । प्रहरीको कडा सुरक्षा घेरामा काठमाडौं महानगरपालिकाको टोलीले मनोहरा खोला किनारका सुकुमवासी बस्तीका घरहरु भत्काइरहेको छ ।
त्यसक्रममा प्रहरीले कतिपय अशक्त र बिरामीहरुलाई सुरक्षित स्थानमा सारिरहेको छ । एक महिलालाई प्रहरीहरुले स्ट्रेचरमा राखेर सुरक्षित स्थानमा लगेको देखिएको छ।
मनोहरा क्षेत्रका घर हिजो नै भत्काउने प्रयास गर्दा स्थानीय विरोधमा उत्रिएका थिए । स्थानीयले ढुंगामुढा गरेपछि सुरक्षाकर्मी समेत घाइते भएका थिए ।
त्यसपछि फर्किएको डोजरसहितको टोली आज बिहानै पुन: मनोहरा क्षेत्रमा पुगेको थियो । अहिले डोजरको सहायताले घर टहरा भत्काको क्रम जारी छ । सुकुमवासी बस्ती वरपर बाक्लो संख्यामा सुरक्षाकर्मी खटाइएको छ ।
शनिबार काठमाडौं थापाथली र गैह्रीगाउँको सुकुमवासी बस्तीमा डोजर लगाएको महानगरपालिकाले आज मनोहराको सुकुमवासी बस्ती खाली गराइरहेको हो ।












प्रतिक्रिया दिनुहोस्