काठमाडौं– लोकप्रिय कलाकार दीपकराज गिरीले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) को कार्यशैलीप्रति प्रशंसा व्यक्त गरेका छन् ।
सामाजिक सञ्जालमार्फत उनले लेखेको सन्देशमा दृढ इच्छाशक्ति भएका व्यक्तिले आफ्नो लक्ष्य पूरा गरेरै छाड्ने उल्लेख गर्दै, त्यस्ता व्यक्तिहरूले अन्ततः या त आलोचना र तिरस्कार सामना गर्ने वा इतिहासमै नाम लेख्ने बताएका छन् ।
कलाकार गिरीले ‘गर्छु भनेपछि गरेरै छाड्ने स्वभाव भएका मान्छेले कि त अन्त्यमा घृणा र तिरस्कार देख्छ, कि त सुनौलो इतिहास नै लेख्छ’ भन्ने अभिव्यक्ति साझा गर्दै बालेन शाहको कामप्रति समर्थन जनाएका हुन् ।
उक्त भनाइलाई धेरैले देशमा भइरहेको पछिल्लो कार्यशैली र सुधार प्रयाससँग जोडेर हेरेका छन् । पछिल्लो समय सरकारले विभिन्न क्षेत्रमा सक्रियता देखाइरहेको सन्दर्भमा कलाकार गिरीको यो अभिव्यक्ति सार्वजनिक भएको हो ।
उनको सन्देश सामाजिक सञ्जालमा व्यापक रूपमा साझा भइरहेको छ र धेरै प्रयोगकर्ताले यसलाई सकारात्मक रूपमा लिएका छन् ।




प्रतिक्रिया दिनुहोस्