सुकुम्वासी बस्तीमा डोजरपछि हर्क साम्पाङको लगातार विरोध

काठमाडौं । सरकारले काठमाडौं उपत्यकाका सुकुम्वासी बस्ती खाली गराउने अभियान सुरु भएपछि मिश्रित प्रतिक्रियाहरू आइरहेका छन् । सामाजिक सञ्जालमा बस्तु हटाएकोमा समर्थन र विरोध दुवै भएको छ । प्रमुख राजनीतिक दलहरूले भने यो विषयमा धारणा सार्वजनिक गरिसकेका छैनन् । तर, श्रम संस्कृति पार्टीले सुकुम्वासीको व्यवस्थापन नगरी डोजर चलाएको भन्दै विरोध जनाएको छ । 

श्रम संस्कृतिका अध्यक्ष हर्क साम्पाङले सुकुम्वासी हटाउने खबर सार्वजनिक भएसँगै लगातार विरोध गरिरहेका छन् । सरकारले काठमाडौं उपत्यकाका थापाथली, मनोहरा र गैरीगाउँमा सुकुम्वासी खाली गराउन डोजर चलाएको छ । मनोहरामा सुकुम्वासीले बस्ती हटाउन गएको प्रहरीलाई अवरोध गरे पनि अन्य स्थानमा भने कुनै विरोध भएन । थापाथली र गैरीधारामा सहज रूपमा सुकुम्वासीहरूले बस्ती खाली गरेका छन् । 

हर्कले यो विषयमा प्रतिक्रिया दिँदै यो सरकारले पाँच वर्षसम्म गरिब निमुखालाई दुःख बाहेक केही नदिने बताएका छन् । उनले भनेका छन्, ‘अबको ५ वर्ष गरिब, निमुखा, साना व्यवसायी, अव्यवस्थित बसोबासी, सुकुम्वासीहरूले देख्ने भनेको डोजर, पुलिस, लठ्ठी, बुट, बन्दुक र जेलखाना मात्रै हुन् । अरु केही छैन भिजन । मैले चुनाव ताका निक्कै भनेको थेँ तर बुझेनन् । अब परिचेत्नेछन् ।’  

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार