निजामती सेवा विधेयकको मस्यौदा तयार, सूचना प्रविधि सेवा थप, ट्रेड युनियन खारेज

काठमाडौँ । सरकारले निजामती सेवा सम्बन्धी विधेयकको मस्यौदा तयार पारेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विधेयकको मसयौदा तयार पारेको हो ।

प्रतिभा रावलले मन्त्रालय सम्हालेको २७ दिनमै मन्त्रालयले निजामती सेवा विधेयक तयार पारेकाे हो । मन्त्रालयले सुझावका लागि मस्यौदा सार्वजनिक गर्ने अन्तिम तयारी गरेको छ। 

मन्त्रालय स्रोतका अनुसार, अघिल्लो संसदमा पेश भई प्रतिनिधिसभाबाट पारित विधेयकका केही प्रावधान संशोधन गरिएको छ । केही हटाइएको र केही थप गरिएको मन्त्रालय स्रोतले जनाएको छ ।

स्रोतका अनुसार, निजामती सेवामा सूचना प्रविधि सेवा थप गर्न प्रस्ताव गरिएको छ । सूचना प्रविधि क्षेत्रका व्यक्तिहरुलाई आकर्षित गर्न यो सेवा थप गर्न प्रस्ताव गरिएको मन्त्रालयको भनाइ छ।

त्यसैगरी विधेयकको मस्यौदामा ट्रेड युनियनको व्यवस्था खारेज गर्न प्रस्ताव गरिएको छ । नयाँ विधेयक पारित भएमा निजामतीभित्र आधिकारिक र दलीय कुनै पनि ट्रेड युनियन रहने छैनन् । संविधान र अन्य कुनै पनि कानुनले ट्रेड युनियनको व्यवस्था बाध्यकारी नबनाएको सरकारको दाबी छ । 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार