सीमामा कडाइ बढेपछि तस्करहरू ‘चोर बाटो’तर्फ, भारतबाट अवैध सामान भित्र्याउने खेल अझै जारी

काठमाडौं – बालेन शाह नेतृत्वको सरकारले सीमामा भन्सार निगरानी कडा बनाउँदै लगेपछि तस्कर समूहहरूले नयाँ उपाय अपनाउन थालेका छन्। आधिकारिक नाकाबाट कडाइ भएपछि अब अवैध कारोबारीहरू ‘चोर बाटो’ प्रयोग गर्दै भारत बाट नेपालतर्फ चारपाई (खाट) लगायतका सामान भित्र्याइरहेका छन्।

स्रोतका अनुसार सीमावर्ती क्षेत्रमा सक्रिय बिचौलियाहरूले सानो–सानो खेपमा सामान ल्याएर बजारसम्म पुर्‍याउने रणनीति अपनाएका छन्। यसरी ल्याइएका सामानहरू स्थानीय बजारमा सस्तो मूल्यमा बिक्री हुने हुँदा स्वदेशी उत्पादन प्रत्यक्ष मारमा परेका छन्।

स्थानीय कारीगरहरूका अनुसार पछिल्लो समय बजारमा विदेशी चारपाईको मात्रा बढेसँगै उनीहरूको उत्पादन थन्किन थालेको छ। “हामीले बनाएको सामान बेच्नै गाह्रो भएको छ,” एक कारीगरले गुनासो गरे।

प्रशासनले केही घटनामा संलग्न व्यक्तिलाई नियन्त्रणमा लिए पनि कडा कारबाही नहुँदा तस्करी नियन्त्रण प्रभावकारी बन्न सकेको छैन। यसले सीमामा गरिएको कडाइलाई समेत चुनौती दिएको देखिन्छ।

स्थानीय बासिन्दा र व्यवसायीहरूले सरकारसँग चोर बाटो बन्द गर्न र बिचौलिया नियन्त्रणमा कडा कदम चाल्न माग गरेका छन्। उनीहरूको भनाइमा यदि अहिले नै नियन्त्रण नगरिए स्वदेशी उद्योग दीर्घकालीन रूपमा धराशायी हुन सक्छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार