साँझ ७ बजेसम्म बस्ती खाली गर्न प्रशासनको चेतावनी, नमाने संरचना भत्काइने

काठमाडौँ । काठमाडौँ जिल्ला प्रशासन कार्यालयले सुकुमबासी बस्ती खाली गर्न कडा निर्देशन जारी गरेको छ। शुक्रबार साँझ ७ बजेसम्म नदी किनारका सार्वजनिक तथा सरकारी जग्गामा बनेका घरटहरा खाली नगरे संयुक्त कारबाहीमार्फत भत्काइने चेतावनी दिइएको छ।

प्रवक्ता मुक्तिराम रिजालद्वारा जारी सूचनामा तोकिएको समयभित्र बस्ती नखालीए स्थानीय प्रशासन, प्रहरी र काठमाडौँ महानगरपालिकाको संयुक्त टोलीले संरचना हटाउने उल्लेख छ। यस क्रममा हुने क्षतिको जिम्मेवारी सम्बन्धित व्यक्तिमै रहने पनि स्पष्ट गरिएको छ।

सूचनामा वर्षौंदेखि अवैध रूपमा बसोबास गर्दै आएका बासिन्दालाई आफ्ना सरसामान, पशुपंक्षी तथा परिवारका सदस्यलाई सुरक्षित स्थानमा सार्न आग्रह गरिएको छ। अपाङ्ग, बालबालिका, गर्भवती, वृद्धवृद्धा र बिरामीलाई प्राथमिकताका साथ स्थानान्तरण गर्न निर्देशन दिइएको छ।

भोलिपल्ट बिहान ६ बजेदेखि संरचना हटाउने अभियान सुरु गरिने र अवरोध गरे कानुनअनुसार कारबाही हुने जनाइएको छ। साथै, वास्तविक भूमिहीनको पहिचान गरी १०–१५ दिनभित्र बसोबासको व्यवस्था गर्ने तयारी रहेको प्रशासनले जनाएको छ।

suchana.jpeg

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार