काठमाडौँ । अबदेखि सरकारी कमीचारीका लागि विद्युतीय हाजिरी प्रणाली अनिवार्य गरिने भएको छ । सरकारले मन्त्रालय, विभाग, कार्यालय र सबै सरकारी नियकालाई कर्मचारीका लागि विद्युतीय हाजिरी प्रणाली अनिवार्य गर्न परिपत्र गरेको हो ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बिहीबार पत्र पठाउँदै सरकारी निकायहरुलाई यस्तो व्यवस्था गर्न निर्देशन दिएको छ ।
HIGHLIGHTSसरकारी कमीचारीका लागि विद्युतीय हाजिरी प्रणाली अनिवार्य गरिने भएको छ ।
त्यस्तै, मन्त्रालयले सरकारी कर्मचारीका लागि विद्युतीय हाजिरी प्रणाली लागू गर्न र सोको विवरण अभिलेखिकरण गर्न समेत भनेको छ । त्यस्तै, प्रत्येक १५ दिनको हाजिरी विवरण प्रिन्ट गरेर प्रमाणित गर्दै अभिलेख सुरक्षित राख्न पनि निर्देशन दिइएको छ ।




प्रतिक्रिया दिनुहोस्