शून्य बाँकी फाइल सप्ताहमा समाधान नभएका फाइलबारे गुनासो गर्न सरकारको आह्वान

काठमाडौं । सरकारले ‘शून्य बाँकी फाइल सप्ताह’ अभियानका क्रममा फछ्यौट हुन नसकेका फाइलबारे गुनासो गर्न सर्वसाधारणलाई आह्वान गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले बुधबार एक सूचना जारी गदै ‘शून्य बाँकी फाइल सप्ताह’ अभियानका क्रममा फछ्यौट हुन नसकेका फाइलबारे गुनासो गर्न सर्वसाधारणलाई आह्वान गरेको हो ।

गत चैत ३० देखि २०८३ वैशाख ७ गतेसम्म देशभरका तीनै तहका सरकारी निकायमा उक्त अभियान सञ्चालन गरिएको थियो ।

जारी सूचना अनुसार गदगुनासो दर्ताका लागि टोल फ्री नम्बर ११११ मा फोन गर्न सकिनेछ भने अनलाइनमार्फत पनि https/gunaso.opmcm.gov.np/register मा गई गुनासो पेस गर्न सकिने व्यवस्था छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार