‘बैंकबाट ऋण लिएर जनताको सेवा गर्दा माफिया भनियो’- प्रसाईं

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईँले बैंकबाट लोन लिएर जनताको सेवा गर्दापनि ‘माफिया’को आरोप लगाइएकोप्रति आपत्ति जनाएका छन् । बुधबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले बैंक तथा सर्वसाधारणबाट ऋण लिएर जनतालाई नै सेवा दिँदा पनि आफूहरूलाई माफिया भनिएकोमा आपत्ति जनाएका हुन् ।

सरकारले आफूहरूलाई विभेद गरेको प्रसाईंले बताएका छन् । ‘बैंकबाट लोन लिएर जनता नै सुत्ने ठाउँ बनाएका छौं । जनताकै सेवा गरेका छौं तर हामीलाई नै माफिया भनेका छन् । राज्यले विभेद गरेको छ,’ उनले भने ।

HIGHLIGHTSबैंकबाट लोन लिएर जनताको सेवा गर्दापनि ‘माफिया’को आरोप लगाइएकोप्रति दुर्गा प्रसाईंले आपत्ति जनाएका छन् ।

सरकारको निःशुल्क स्वास्थ्य र शिक्षासम्बन्धी नीतिमा पनि प्रश्न उठाउँदै प्रसाईँले शिक्षा र स्वास्थ्य निःशुल्क भन्दापनि किन्न सक्ने हैसियतको बनाउन सकिने दाबी गरे । उनले भने, ‘सरकारमा रहेकाहरूले स्वास्थ्य र शिक्षा निःशुल्क भन्छन् । हामी स्वास्थ्य र शिक्षा निःशुल्क होइन किन्न सक्ने हैसियतको चाही बनाउनुपर्छ भन्छौं ।’

नेपालको ‘डिप स्टेट’मा १६ मारवाडी र १० नेपाली रहेको उनले बताए । ‘डिप स्टेट’लाई चलाउँदा अर्थतन्त्र ढल्ने पनि बताए । ‘डिप स्टेट’ कन्ट्रोल नगर्दासम्म केही नहुने बताउँदै उनले ‘डिप स्टेट’का १६ जनालाई पक्राउ गर्न गृहमन्त्रीलाई आग्रह गरेका छन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार