महिला चरित्र हत्या आरोपमा महेश गिरी पक्राउ

काठमाडौँ । महिलाको चरित्र हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले भक्तपुर घर भएका महेश गिरीलाई पक्राउ गरेको छ । गिरीलाई मंगलबार काठमाडौँको गौशालाबाट पक्राउ गरिएको साइबर ब्युरोका प्रवक्ता (एसपी) दिलीप कुमार गिरीले रातोपाटीलाई बताए ।

सामाजिक सञ्जाल (फेसबुक) मार्फत उनले एक जना पीडित महिलाको चरित्र हत्या गरेको प्रहरी अधिकृतहरू बताउँछन् । बलात्कार पीडित शोभा पाठकले आफ्नो चरित्र हत्या गरेको कसुरमा महेश गिरीलाई प्रहरीले पक्राउ गरेको जानकारी गराएकी छन् । 

सामाजिक सञ्जालमा उनले लेखेकी छन्, ‘मेरो फोटोहरू हालेर चरित्र हत्या गर्दै हिँड्ने र धाकधम्की दिने महेश गिरीलाई प्रहरीले पक्राउ गरेको छ ।’ आफू विरुद्ध हैरानी दिने अन्य व्यक्तिहरू विरुद्ध पनि उजुरी गर्ने उनले बताएकी छन् । पक्राउ परेका आरोपीमाथि बुधबार म्याद लिएर विद्युतीय अपराध सम्बन्धी कसुरमा अनुसन्धान गरिने एसपी दिलीप गिरीले बताए । उनले भने, ‘आज म्याद लिएर अनुसन्धान अघि बढाउँछौँ ।’ 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार