विद्यार्थी सङ्गठन खारेज निर्णयप्रति खड्काको आपत्ति

काठमाडौं ।

नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्काले सरकारद्वारा विद्यार्थी सङ्गठन र स्वतन्त्र विद्यार्थी युनियन खारेज गर्ने निर्णयप्रति आपत्ति जनाउनुभएको छ। उहाँले उक्त निर्णय लोकतान्त्रिक मूल्य–मान्यता विपरीत र अधिनायकवादी प्रवृत्तिको संकेत भएको बताउनुभयो।

विज्ञप्तिमार्फत नेता खड्काले नेपालको राजनीतिक परिवर्तनमा विद्यार्थी आन्दोलनको महत्वपूर्ण योगदान रहेको स्मरण गराउँदै यस्तो निर्णय अस्वीकार्य भएको उल्लेख गर्नुभयो। उहाँका अनुसार विगतका जनआन्दोलनहरूमा विद्यार्थीहरूको सक्रिय सहभागिताले वर्तमान व्यवस्था स्थापना सम्भव भएको हो।

उहाँले विद्यार्थी सङ्गठनलाई शैक्षिक क्षेत्रका समस्या उठाउने वैधानिक निकायको रूपमा व्याख्या गर्दै सरकारलाई निर्णय फिर्ता लिन आग्रह गर्नुभयो। अन्यथा लोकतन्त्रको रक्षाका लागि विद्यार्थीहरू पुनः आन्दोलनमा उत्रिन सक्ने चेतावनी पनि दिनुभएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार