राजीनामाको हल्लाबीच रवि लामिछानेलाई भेट्न बूढानीलकण्ठ पुगे सुधन गुरुङ

गृहमन्त्री सुधन गुरुङ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई भेट्न पुगेका छन् ।

गृहमन्त्री गुरुङ रविलाई भेट्न मंगलबार दिउँसो उनको निवास बूढानीलकण्ठ पुगेका हुन् । 

अहिले रवि निवासमा उनीहरूबीच छलफल चलिरहेको छ । सोमबार बिहान पनि गृहमन्त्री गुरुङ रविलाई भेट्न पुगेका थिए ।

गृहमन्त्री विवादमा तानिएपछि लामिछाने र प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहबीच पनि सोमबार बेलुका भेटवार्ता भएको थियो ।

विवादास्पद व्यसायीसँग सम्बन्ध रहेको, व्यावसायिक साझेदारी गरेको र सम्पत्ति विवरणमा शेयरको विषय लुकाएको भन्दै गृहमन्त्री गुरुङमाथि राजीनामाको दबाब छ । तर, उनले सामाजिक सञ्जालमार्फत् एक टिप्पणी जारी गर्दै राजीनामा दिने बताएका छन् । 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार