राष्ट्रिय प्राथमिकताका विषयमा प्रधानमन्त्रीले गरे अर्थमन्त्रीसहितको छलफल

८ वैशाख, काठमाडौं । प्रधानमन्त्री बालेन शाहले राष्ट्रिय प्राथमकिताका विषयमा अर्थमन्त्री डा स्वर्णिम वाग्लेसहितको छलफल गरेका छन् ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार शाहले अर्थमन्त्री, राष्ट्रिय योजना आयोग, नीति अनुसन्धान प्रतिष्ठानसँग छलफल सुरु गरेका हुन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सुरु भएको बैठकमा सरकारको राष्ट्रिय प्राथमिकता, यी निकायको जिम्मेवारी, कार्यक्रम र बजेटबारे छलफल भइरहेको बताइएको छ ।

बैठकमा यी निकायले काम गर्दा भोगिरहेका चुनौती र सुधारका विषयमा पनि कुरा भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार