सभापति रवि लामिछाने भेट्न बूढानीलकण्ठ पुगे गृहमन्त्री गुरुङ

गृहमन्त्री सुधन गुरुङ र दीपक भट्टबीच व्यापारिक साझेदारीको तथ्य सार्वजनिक भएको छ । भट्टको स्टार माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडमा गुरुङको २५ लाख रुपैयाँबराबरको सेयर रहेको समाचार सार्वजनिक भएपछि भट्टसँग उनको ‘कनेक्सन’ खुलेको हो । 

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको थुनामा रहेका व्यापारी भट्टसँग गृहमन्त्रीकै कनेक्सन देखिएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) तरंगित बनेको छ । यो तथ्यसँगै गुरुङ विवादमा परेका छन् ।

उक्त समाचार सार्वजनिक भएपछि गुरुङ पार्टी सभापति रवि लामिछानेलाई भेट्न उनको निवास बूढानीलकण्ठ पुगेका थिए । गुरुङ आइतबार बेलुका करिब ८ बजे लामिछानेलाई भेट्न पुगेका रास्वपा स्रोतले जनाएको छ ।

“हिजो (आइतबार) सचिवालय बैठक सकिएपछि राति ८ बजे गृहमन्त्रीले भेट्नुभएको हो । आफूमाथि उब्जिएको प्रश्नको विषयमा ब्रिफिङ गर्नुभयो,” स्रोतले बाह्रखरीसित भन्यो, “(गुरुङले) मेरो आफ्नो पैसा लगानी गरेको हो । कुनै गल्ती छैन भन्नुभयो ।”

स्रोतका अनुसार, गृहमन्त्री गुरुङले सभापति लामिछानेलाई दैनिक भेटेर ‘ब्रिफिङ’ गर्ने गरेका छन् । “गृहमन्त्रीले दैनिक सभापतिलाई कामहरूको बारेमा ब्रिफिङ गर्नुहुन्छ । कहिले त दिनमै दुई–तीनपटक भेट हुन्छ,” स्रोतले भन्यो ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार