पूर्णबहादुरलाई सोधेको स्पष्टीकरण फिर्ता लिँदै कांग्रेस

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समिति बैठक सोमबार बस्दैछ । बैठकले निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई सोधेको स्पष्टीकरण फिर्ता लिने तयारी गरेको छ ।

अनुशासन समितिको सोमबार दिउँसो ३ बजे बस्ने बैठकबाट खड्कालाई सोधिएको स्पष्टीकरण फिर्ता लिने तयारी भएको हो ।

अनुशासन समितिका संयोजक तारामान गुरुङले बैठकबाट खड्कालाई सोधिएको स्पष्टीकरण फिर्ता लिनेबारे बैठकमा छलफल हुने बताए । खड्काले कांग्रेसको आधिकारिकताका विषयमा सर्वोच्च अदालतले गरेको फैसला मान्ने भएपछि उनलाई सोधेको स्पष्टीकरण फिर्ता लिन लागिएको हो । यस विषयमा सभापति गगन थापाले समितिका सदस्यहरूसँग कुराकानी गरेका छन् ।

खड्कालाई वैशाख २ गते बसेको अनुशासन समिति बैठकले पार्टीको लेटरप्याड दुरुपयोग गरी नभएको पद उल्लेख गरेर विज्ञप्ति निकालेको भन्दै सात दिने स्पष्टीकरण सोधेको थियो । सर्वोच्च अदालतले विशेष महाधिवेशनबाट आएको नेतृत्वलाई मान्यता दिएकाले स्पष्टीकरणको औचित्य सकिएको निष्कर्षमा कांग्रेस नेतृत्व पुगेको छ । आइतबार साँझ सभापति थापाले खड्कालाई उनकै निवास गोल्फुटारमा पुगेर भेटेका थिए । थापा र खड्काबीच एक घन्टा कुराकानी भएको थियो । पार्टीको बृहत्तर एकताबारे छलफल भएको र चाँडै भेट्ने वाचासहित थापा बाहिरिएका थिए ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार