काठमाण्डु – नेपाली बजारमा सोमबार सुनको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य तोलामा १३ सय रुपैयाँले घटेर २ लाख ९९ हजार ७ सय रुपैयाँमा कारोबार भैइरहेको छ ।
आइतबार सुनको मूल्य ३ लाख १ हजार रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, चाँदीको भाउ पनि घटेको छ । सोमबार चाँदी प्रतितोला ३५ रुपैयाँले घटेर ५ हजार १९० रुपैयाँमा कारोवार भैइरहेको छ । आइतबार चाँदी ५ हजार २२५ रुपैयाँमा कारोबार भएको थियो ।




प्रतिक्रिया दिनुहोस्