कैलाली घटना: कुखुरामा रोग नदेखियो, बासी मासुबाट फुड पोइजनिङको आशंका

धनगढी, कैलाली — कैलालीको चुरे गाउँपालिका–३ भक्तपुरमा ब्रोइलर कुखुराको मासु खाएपछि दुई बालकको ज्यान गएको र अन्य दुई जना बिरामी परेको घटनाबारे गरिएको परीक्षणले कुखुरामा कुनै संक्रामक रोग नभएको पुष्टि गरेको छ।

घटनापछि धनगढीस्थित पशु चिकित्सालय प्रयोगशालाको टोलीले कुखुराको नमुना संकलन गरी पोस्टमार्टम र प्रयोगशाला परीक्षण गरेको थियो। प्रयोगशालाका प्रमुख डा. नरेश जोशीका अनुसार परीक्षणमा बर्ड फ्लु, ब्रोंकाइटिस र गुम्बारो जस्ता गम्भीर भाइरल रोगहरू नदेखिएको स्पष्ट भएको छ।

उनले केही सञ्चारमाध्यममा आएको “बर्ड फ्लु संक्रमित कुखुरा खाँदा घटना भएको” भन्ने दाबी असत्य भएको बताए। उनका अनुसार प्रारम्भिक अनुसन्धानमै कुखुरामा कुनै खतरनाक रोगको संकेत भेटिएको छैन।

चिकित्सकहरूले भने अत्यधिक गर्मीका कारण सडेगलेको वा बासी खाना सेवन गर्दा फुड पोइजनिङ भएको हुन सक्ने अनुमान गरेका छन्।

गत वैशाख ४ गते ५ वर्षीय दीपक ताम्राकार र ८ वर्षीय भीम ताम्राकारको मृत्यु भएको थियो। यसै घटनामा घाइते भएकी मृतककी आमा राधा ताम्राकार र तीन वर्षीय एक बालक हाल नवजीवन अस्पतालमा उपचाररत छन्। चिकित्सकहरूले उनीहरूको अवस्था अहिले खतरामुक्त रहेको बताएका छन्।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार