बैतडी जिल्लामा राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रमअन्तर्गत वैशाख ६ र ७ गते बालबालिकालाई लक्षित गर्दै विशेष स्वास्थ्य अभियान सञ्चालन गरिने भएको छ। यस अभियानमा ६ देखि ५९ महिनासम्मका २२ हजार ७५७ बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल खुवाइने योजना बनाइएको छ।
स्वास्थ्य कार्यालय बैतडीका प्रमुख तिर्थराज भट्टका अनुसार, १२ देखि ५९ महिनासम्मका २० हजार ४८३ बालबालिकालाई जुकाविरुद्धको औषधि पनि प्रदान गरिनेछ। कार्यक्रम सफल बनाउन जिल्लाभर ८३१ जना महिला स्वास्थ्य स्वयंसेविकालाई परिचालन गरिने तयारी गरिएको छ।
बालबालिकाको पोषण अवस्था सुधार गर्नुका साथै उनीहरूको रोगसँग लड्ने क्षमता बढाउने उद्देश्यले सञ्चालन हुन लागेको यो कार्यक्रमलाई महत्वपूर्ण जनस्वास्थ्य पहलको रूपमा लिइएको छ। अभिभावकहरूलाई आफ्ना बालबालिकालाई नजिकको वितरण केन्द्रमा लगेर भिटामिन ‘ए’ क्याप्सुल र जुकाको औषधि खुवाउन आग्रह गरिएको छ।




प्रतिक्रिया दिनुहोस्