६ वैशाख, पोखरा । पोखराको लेकसाइडमा पर्यटकहरुलाई दुःख दिएको आरोपमा प्रहरीले १६ जना महिलालाई पक्राउ गरेको छ ।
प्रहरीका अनुसार रातिको समयमा ती महिलाहरूले आन्तरिक तथा बाह्य पर्यटकहरुलाई अनावश्यक दुःख हैरानी दिने र लुटपाट गर्ने गरेका थिए । साथै अनैतिक क्रियाकलाप बढ्दै गइरहेको जनगुनासो पनि आइरहेको थियो ।
त्यसपछि जिल्ला प्रहरी कार्यालय कास्की तथा मातहत वडा प्रहरी कार्यालय बैदामबाट खटिएको टोलीले वैशाख ५ गते मध्यराति साढे १२ बजेदेखि वैशाख ६ गते बिहान २ बजेसम्म कारबाही चलाएको थियो ।
त्यसक्रममा १६ जना महिलाहरूलाई नियन्त्रणमा लिई आवश्यक कारवाही गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका निमित्त सूचना अधिकारी एवम् प्रहरी निरीक्षक गणेश पाण्डेले जानकारी दिए ।




प्रतिक्रिया दिनुहोस्