आर्मीले तेस्रोपटक जित्यो प्रधानमन्त्री कपको उपाधि


काठमाडौं । विभागीय टिम त्रिभुवन आर्मी क्लबले तेस्रोपटक प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ ।

शुक्रबार आर्मीले फाइनलमा सुदूरपश्चिलाई पाँच विकेटले पराजित गर्दै तेस्रोपटक प्रधानमन्त्री कपको उपाधि जितेको हो । यसअघि आर्मीले सन् २०१७ र सन् २०२१ को संस्करण जितेको थियो ।

उपाधिको निम्ति वीरगन्जको नारायणी क्रिकेट मैदानमा भएको फाइनलमा आर्मीले सुदूरपश्चिमले प्रस्तुत गरेको १६२ रनको लक्ष्य ३४.३ ओभरमा पूरा गर्‍यो ।

आर्मीको जितमा अविजित रहेका इम्रान शेखले सर्वाधिक ४६ रन बनाए । बसिर अहमदले ४५ रन बनाए । यी दुईले १०.३ ओभर देखि ३२.१ ओभरसम्म ९६ को अर्धशतकीय साझेदारी गर्दै टिमलाई जिततर्फ डोर्‍याएका थिए ।

ओपनर तृतराज दासले ३१ र कुशल मल्लले १७ रन बनाए ।

सुदूरपश्चिमका निम्ति हेमन्त धामीले दुई विकेट लिए । विकास आग्री, शेर मल्ल र आशोक धामीले समान एक विकेट लिए ।

त्यसअघि पहिलो इनिङमा टस जितेर ब्याटिङ रोजेको सुदूरपश्चिमले आर्मीविरुद्ध ३९.४ ओभरमा सबै विकेट गुमाएर १६१ रनको योगफल खडा गरेको थियो ।

सुदूरपश्चिमका अशोक धामीले सर्वाधिक ४३ रनको योगदान गरे । किरण ठगुन्नाले ३५ रन जोडे । नारायण जोशीले २९, हेमन्त धामीले १६ रन बनाए ।

आर्मीका आकाश चन्द र साहब आलमले समान तीन विकेट लिए । बसिर अहमदले दुई, कुशल मल्लले एक विकेट लिए ।

तेस्रो उपाधि दिलाए विनोदले

आर्मीले तेस्रो उपाधि उचाल्दै गर्दा टिमका कप्तान विनोद भण्डारीको उपस्थिति विशेष बन्यो । किनभने विनोदले नवौँ संस्करणसम्म पनि आर्मीको कप्तानी आफैँले सम्हाले । कप्तानी मात्र हैन, आर्मीले विनोदकै कप्तानीमा सबै संस्करणमा फाइनलमा स्थान बनाएको हो ।

पहिलो फाइनलमा उपविजेता बन्यो सुदूरपश्चिम

सुदूरपश्चिमले भने पहिलो फाइनलमा उपविजेतामा चिक्त बुझाएको छ । सुरुआती संस्करणदेखि प्रतियोगितामा प्रतिस्पर्धारत यो टिमले पहिलोपटक फाइनलमा स्थान बनाएको हो । यसअघि भएका सातवटै संस्करणमा टोलीले समूह चरण पार गर्न सकेको छैन  ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार