घरजग्गा कारोबार सबैभन्दा बढी मधेश प्रदेशमा

काठमाडौँ । नेपालमा सबैभन्दा बढी घरजग्गा कारोबार मधेश प्रदेशमा देखिएको छ । 

राष्ट्र बैंकले घर जग्गा कारोबारको वर्तमान अवस्था र प्रवृत्तिसम्बन्धी तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७९/८० लाई आधार वर्ष मान्दै बैंकले त्रैमासिक रूपमा सार्बजनिक गरेको विवरणमा मधेश प्रदेशमा बढी कारोबार देखिएको हो ।  

प्रदेशगत रूपमा कारोबार संख्या सबैभन्दा बढी मधेश प्रदेशमा रहेको छ । त्यसपछि लुम्बिनी र कोशी प्रदेश छन् । कर्णाली र सुदूरपश्चिम प्रदेशमा भने सबैभन्दा कम कारोबार हुने गरेको छ । कारोबार भएको क्षेत्रफलका आधारमा पनि मधेश प्रदेशकै हिस्सा उच्च देखिएको छ ।

जग्गाको क्षेत्रफल अनुसार अधिकांश प्रदेशमा २.५ देखि १० आना सम्मका घडेरी बढी किनबेच हुने गरेको राष्ट्र बैंकको रिपोर्टमा उल्लेख छ । तर मधेश प्रदेशमा भने २० आनाभन्दा माथिका ठूला प्लटको कारोबार बढी भएको देखिएको छ । मूल्यका आधारमा भने बागमती प्रदेश अग्रस्थानमा रहेको छ । महानगर र उपमहानगर क्षेत्रमा ५ देखि १० आना क्षेत्रफलका घडेरीको कारोबार बढी देखिएको छ ।

आर्थिक वर्ष २०७७/७८ देखि २०८१/८२ सम्म घरजग्गा कर्जा ७२.४१ प्रतिशतले बढेको छ भने आवासीय कर्जा ६१.५५ प्रतिशतले वृद्धि भएको छ । सरकारी राजस्व पनि उतारचढावपछि सुधारतर्फ देखिएको छ । २०७८/७९ को पहिलो त्रैमासमा २३ अर्ब ७० करोड रुपैयाँ पुगेको राजस्व २०७९/८० को पहिलो त्रैमासमा घटेर ८ अर्ब २० करोडमा झरेको थियो। पछिल्लो अवधिमा भने सुधार हुँदै करिब १५ अर्ब रुपैयाँ पुगेको रिपोर्टमा उल्लेख छ ।

राष्ट्र बैंकले यस्तो तथ्याङ्कले घरजग्गा क्षेत्रको गतिविधि बुझ्न सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ । साथै, आगामी चरणमा घरजग्गा मूल्य सूचकाङ्क तयार गरी सार्वजनिक गर्ने तयारी पनि भइरहेको जनाएको छ।

भूमि व्यवस्थापन तथा अभिलेख विभाग, आन्तरिक राजस्व विभाग र राष्ट्र बैंकबाट सङ्कलित विवरणका आधारमा घरजग्गा कारोबारको विश्लेषण गरेको जनाएको छ । लिखत पारितअन्तर्गत राजिनामा कारोबारलाई मुख्य आधार मानेर कारोबार संख्या, मूल्य, क्षेत्रफल, राजस्व संकलन र बैंक कर्जाको अवस्थालाई समेटिएको छ । राष्ट्र बैंकका अनुसार घरजग्गा कारोबारमा मौसमी प्रवृत्ति देखिएको छ । 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार