एमाले अध्यक्ष ओलीको शल्यक्रिया सफल

काठमाडौं— नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको पित्तथैलीमा रहेको पत्थरीको शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएको छ ।



ओलीलाई शल्यक्रिया सम्पन्न भएपछि अपरेशन थिएटर .ओटी०बाट वार्डमा सार्ने तयारी भइरहेको जनाइएको छ । उपचार महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा गरिएको हो ।

अस्पतालका निर्देशक डा. सुवास आचार्यका अनुसार शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएको छ । बिरामीको अवस्थाबारे विस्तृत जानकारी केहीबेर मै प्रेस नोटमार्फत सार्वजनिक गरिने अस्पतालले जनाएको छ ।

अस्पताल स्रोतका अनुसार शल्यक्रिया पश्चात् स्वास्थ्य अवस्था सामान्य रहेको र चिकित्सकको निगरानीमा राखिने तयारी गरिएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार