काठमाडौं । ललितपुरस्थित चिडियाखानाभित्र एकजनाको मृत्यु भएको छ । चिडियाखानाभित्रको पोखरीमा डुबेर एक पुरुषको मृत्यु भएको हो ।
सोमबार (चैत ३०) बिहान डुबेको अवस्थामा फेला परेपछि प्रहरीले शव पाटन अस्पताल पुर्याएको छ । जिल्ला प्रहरी कार्यालय ललितपुरका प्रमुख एसएसपी होविन्द्र बोगटीका अनुसार, मृतकको पहिचान भने खुलेको छैन । उनी भन्छन्, ‘‘हामी अनुसन्धान गर्दैछौँ चिडियाखाना घुम्न गएका पुरुष हुनसक्ने अनुमान गरेका छौँ । भित्रका सीसीटीभी फुटेजमार्फत् अनुसन्धान थालेका छौँ ।’’




प्रतिक्रिया दिनुहोस्