वीरगञ्जमा प्रहरी जवानको हत्या, चार जना पक्राउ

रौतहट । पर्साको वीरगञ्ज महानगरपालिका–९ श्रीपुरस्थित भारतीय महावाणिज्यदूतावास पछाडि एक युवकको धारिलो हतियार प्रहार गरी हत्या भएको छ । पर्साको कालिका माई गाउँपालिका–१ मुडली निवासी २८ वर्षीय विकास चौरासियाको हत्या भएको हो । उनी नेपाल प्रहरीका बहालवाला कर्मचारी (प्रहरी जवान) हुन् ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डीएसपी हरिबहादुर बस्नेतका अनुसार, वीरगञ्ज–९ मुरलीस्थित फिरोजा मियाको घरमा एक व्यक्ति गम्भीर घाइते अवस्थामा रहेको सूचना पाएलगत्तै प्रहरी टोली घटनास्थल पुगेको थियो ।

घटनास्थलमा चौरासियाको शरीरका विभिन्न भागमा धारिलो हतियार प्रहार गरिएको र अत्यधिक रक्तश्राव भइरहेको अवस्थामा फेला पारिएको थियो । उनलाई तत्काल उपचारका लागि नारायणी अस्पताल लगिएको भए पनि चिकित्सकले मृत घोषणा गरेका थिए । मृतक चौरासिया वीरगञ्जकै मुर्लीमा डेरा गरी बस्दै आएका थिए र उनी १० दिनको बिदा लिएर घर आएका थिए । प्रहरीले हत्यामा संलग्न भएको आशङ्कामा एक महिलासहित चार जनालाई नियन्त्रणमा लिएको छ ।

पक्राउ पर्नेहरूमा रौतहटका २६ वर्षीय सन्तोष साह, उनकी पत्नी २४ वर्षीया सोनी साह, बाराका १९ वर्षीय विशाल साह र १९ वर्षीय भारतीय नागरिक कन्हैया कुमार रहेका छन् । घटनाको कारण र प्रकृतिबारे प्रहरीले थप अनुसन्धान गरिरहेको डिएसपी बस्नेतले जानकारी दिएका छन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार