स्रोतबिनाको सम्पत्ति त घुमाइफिराइ भ्रष्टाचार गरेर कमाएको बुझिने हर्क साम्पाङको भनाई

श्रम संस्कृति पार्टीका अध्यक्ष एवं सांसद हर्क साम्पाङले सरकारमा रहेका सबैको सार्वजनिक भएको सम्पत्तिको स्रोत पनि खुलाउन माग गरेका छन् ।

उनले आज बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत सरकारमा रहेका मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक भएको सन्दर्भमा स्रोतबिनाको सम्पत्ति घुमाइफिराइ भ्रष्टाचार गरेको भन्ने नै बुझिने हुँदा स्रोत खुलाउन माग गरेका हुन् ।

साम्पाङले सरकारमा रहेका व्यक्तिहरूको सम्पत्ति कति छ भन्ने विवरण आए पनि त्यो कसरी आर्जन गरियो भन्ने कुरा प्रष्ट नभएको बताएका छन्।

उनले लेखेका छन्– ‘सरकारमा रहेका सबैको सम्पत्ति यति उति भन्ने आयो ! अब त्यसको स्रोत पनि खुलाइदिए राम्रो ! स्रोत बिनाको सम्पत्ति त फेरि घुमाइफिराइ भ्रष्टाचार गरेको भन्ने नै बुझिन्छ ! स्रोत प्रष्टाइदिनु पर्छ ! जय देश !’

सरकारले प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गरेपछि राजनीतिक वृत्तमा यसको पक्ष र विपक्षमा बहस सुरु भएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार