एमालेमा आन्तरिक युद्ध चर्कियो : बादलको प्रहारले ओलीको सत्ता धरापमा

नेकपा (एमाले) भित्र पछिल्लो समय तीव्र आन्तरिक कलह सतहमा आएको छ ।

रामबहादुर थापा ‘बादल’ले कास्कीमा दिएको अभिव्यक्तिमा ‘दक्षिणपन्थी’ र ‘भित्र–बाहिरका दुस्मन’को प्रसंग उठाउँदै पार्टीभित्रै लक्षित प्रहार गरेका छन्, जसको निशाना उपाध्यक्ष विष्णु पौडेलतर्फ गएको देखिन्छ ।

संसद्मा दलको नेताको हैसियतमा बादलले दिएको अभिव्यक्तिप्रति पौडेल, योगेश भट्टराई र सुरेन्द्र पाण्डेलगायत नेताहरूले कडा आपत्ति जनाएका छन् ।

त्यसपछि बसेको सचिवालय बैठकले समेत उक्त विषयमा स्पष्टिकरण दिनुपरेको थियो, तर बादलले आफू पार्टी लाइनअनुसार नै बोलेको दाबी गर्दै उल्टै ‘कन्फ्युजन’ सिर्जना भएको आरोप लगाए ।

यो विवादले एमालेभित्र विचारधारात्मक टकराव झन् प्रस्ट बनाएको छ ।

पाण्डेले ‘जनयुद्ध’ शैलीको भाष्य एमालेको आधिकारिक लाइन हुन नसक्ने भन्दै ‘जनताको बहुदलीय जनवाद’ नै पार्टीको मूल मार्ग भएको दोहोर्‍याएका छन् ।

उता, भट्टराईले व्यंग्यात्मक कवितामार्फत बादलको अभिव्यक्तिको आलोचना गरेका छन् ।

केपी शर्मा ओली नेतृत्वको पार्टीमा यो विवाद पछिल्ला वर्षकै ठूलो आन्तरिक द्वन्द्वका रूपमा देखिएको छ ।

विशेषगरी हालैको निर्वाचनमा कमजोर प्रदर्शन र नेतृत्वप्रति असन्तुष्टिका कारण पार्टीभित्र असन्तुष्टि बढ्दै गएको छ ।

ओली अनुपस्थित रहेको अवस्थामा संस्थापन समूहभित्रै शंकर पोखरेल र विष्णु पौडेल समूहबीच प्रतिस्पर्धा देखिएको छ भने बादललाई संस्थापनले आफ्नो रणनीतिअनुसार अघि सारेको आरोप लागिरहेको छ ।

यता, असन्तुष्ट पक्षले विशेष महाधिवेशनको माग उठाउँदै हस्ताक्षर अभियानसमेत अघि बढाएका छन् ।

सुरेन्द्र पाण्डेले पार्टी पुनर्गठन आवश्यक भएको बताउँदै नेतृत्व परिवर्तनको बहसलाई अझ तीव्र बनाएका छन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार