नेकपा (एमाले) दाङले घोराही–४ का वडाध्यक्ष मधुसुदन घिमिरे (मुनाल)लाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरेको छ ।
चैत २३ गते बसेको जिल्ला कमिटी बैठकले महासचिव शंकर पोखरेलविरुद्ध गतिविधि गरेको आरोपमा कारबाही गरेको प्रचार विभाग प्रमुख संगीत बस्यालले जानकारी दिए ।
घिमिरे पछिल्लो समय राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पक्षमा सक्रिय रहेका थिए र सामाजिक सञ्जालमार्फत एमाले परित्यागको घोषणा पनि गरेका थिए ।
उनी २०७९ को स्थानीय तह निर्वाचनमा एमालेबाट निर्वाचित भएका थिए ।
एमालेले उनलाई वडाध्यक्ष पदबाट हटाउन मेयर नरुलाल चौधरीलाई सिफारिस गरेको छ ।
यसअघि घोराही–८ का वडाध्यक्ष जितेन्द्र शाहलाई पनि पार्टीले कारबाही गरिसकेको छ ।




प्रतिक्रिया दिनुहोस्