वीरगन्ज : प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा बागमती प्रदेशले कर्णालीविरुद्ध ब्याटिङ गरिरहेको छ । जनकपुरधामस्थित रामजानकी क्रिकेट मैदानमा टस हारेर बागमतीले ब्याटिङको निम्तो पाएको हो ।
बागमतीले ७ ओभरमा एक विकेट गुमाउँदै ५१ रन जोडेको छ । बागमतीका शुभ कंसकार २३ बलमा २० रन बनाउँदै आउट भएका छन् । कंसकारलाई कर्णालीका कप्तान दिवन पुनले आउट गरेका हुन् ।
बागमतीका शिभम तिवारी १६ रन बनाएर खेलिरहेका छन् भने पवन थापा भर्खरै मैदानमा आएका छन् । बागमती सन्दिप लामिछानेको कप्तानीमा मैदानमा छ भने कर्णालीको कप्तानी दिवन पुनले सम्हालेका छन् ।
जारी प्रतियोगितामा कर्णाली ३ अंकका साथ छैठौं स्थानमा छ भने बागमती दुई अंकका साथ नवौं स्थानमा छ । दुवै टिमले समान चार खेल खेलिसकेका छन् ।




प्रतिक्रिया दिनुहोस्